वडाध्यक्ष घुस सहित पक्राउ

कपिलवस्तु | चैत १८, २०८०

वडाध्यक्ष घुस सहित पक्राउ

कपिलवस्तुः   कपिलवस्तु जिल्ला महाराजगन्ज नगरपालिका–२ का अध्यक्ष उजेर अलि घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

 

अख्तियारको टोलीले कार्यकक्षबाट घुस सहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उप सचिव भेषराज रिजालले जानकारी दिनुभयो । अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन्। उजेरबाट घुस वापत लिएको १५ हजार रकम समेत बरामद गरिएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्